स्थानीय निकायमा भ्रस्टाचार बढेको, स्थानीय सरकार कमिसनको दलदलमा फँसेको समाचार आइरहेको बेला सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ पन्थीले एक्टिभ नगरप्रमुखसँग काम गर्दाको मज्जा बेग्लै हुने बताएका छन् । यस नगरपालिकाका जनप्रतिनिधिहरूमा विकास र परिवर्तनकालागि केही गर्नु पर्छ भन्ने सकारामक सोच भएकाले यहाँ संचालन भएका विकास निर्माण कार्यले गति लिएको छ । यहाँका जनताले विकासको प्रत्याभूत पनि गर्न पाएका छन् । त्यसैले यो नगरपालिका नेपालकै उत्कृष्ठ बन्न सफल भएको छ । सरकार २ किसिमका हुन्छन्, ‘एउटा छुने र अर्को चिमोट्ने ।’ कस्तो हुन्छ त ? छुने सरकार ? यही विषयमा केन्द्रीत प्रमुख प्रशासकीय अधिकृतको फरक अनुभव ।