ठेक्का नलागेको बजेट कोरोनामा खर्च गर्ने स्वीकृतिको पर्खाईमा स्थानीय सरकार

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै यसबाट बँच्नका लागि विभिन्न सावधानी अपनाउन थालिएको छ । विश्वका विभिन्न सरकारहरुले कोरोनाको संक्रमणबाट बँच्नका लागि विभिन्न प्रतिबन्धका घोषणाहरू गरेका छन् ।

 

यसका साथै आम नागरिकले पनि कोरोनाबाट जोगिन सावधानी अपनाइरहेका छन् । केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै कोरोनाका लक्षण होइन, गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखापरेको छ।

 

कोरोना संक्रमित मानिसहरूलाई ज्वरो आउनेगला दुख्नेसुख्खा खोकी लाग्नेमांसपेशी दुख्ने, पखाला लाग्ने, स्वाद थाहा नहुने, हातका पञ्जाको रङ्ग परिवर्तन हुने, स्वासप्रश्वासको समस्या, टाउको दुखाइ र अन्य समस्या हुन पनि सक्छ । अति गर्मीमा, अति जाडो वा हिमालमा, सवै प्रकारका हावापानीमा पनि एकनासले असर गर्न सक्ने मानव निर्मित जैविक हतियार जस्तो जुनसुकै हावापानीमा पनि अनुकुलित हुने खै कस्तो खालको भाइरस हो ।

 

यसलाइ वैज्ञानिकहरूले ब्यापक अनुसन्धान गरिरहेका छन् । अनुसन्धानपछि जानकारी हुने नै छ । तर जस्तो सुकै भाइरस होस यसलाइ सबै मिलेर परास्त गर्नु जरूरी छ ।

 

कोरोना संक्रमणको जोखिम बढ्नुमा हामी आफैँ पनि यसको भागिदार छौँ। मास्कको अनिवार्य प्रयोगसाबुन पानीले हात धुनेसामाजिक दूरी कायम गर्नेभीडभाडमा नजाने भनेर बारम्बार चिकित्सक तथा विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

 

तर जनस्वास्थ्यका यी मापदण्ड पालना गर्ने कमै मात्र भेटियो । हामी आफैँ जनस्वास्थ्यका कुरालाई पटक्कै ख्याल नगर्ने, मास्क पनि नलगाउनेभीडभाड गर्नेयो अवस्थामा पनि भोजभतेर गर्ने, भीडभाड गरी विवाह, पूजाआजा गर्ने आदि गतिविधिले गर्दा कोरोनाको संक्रमण बढ्दै गयो र यसले अहिले महामारीको रूप लिन पुग्दै छ ।

 

 

हाल तिव्र गतिमा बढीरहेको संक्रमणलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार र जनशक्ति पनि हामी कहा पर्याप्त छैन।

 

जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसीयू र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसीयूभेन्टिलेटर पाउने अवस्था छैन। स्थानीय तहले तयार गरेका कोभिड विशेष अस्पताल समेत खचाखच हुन पुगेका छन् ।

 

 

बढ्दो कोरोना संक्रमण दरका कारण बिरामीहरु अस्पताल चाहार्दा चाहार्दै मृत्यवरण गर्न पुगेका छन् । अस्पतालको क्षमता भन्दा बढी बिरामी भर्ना लिन नसक्ने विभिन्न अस्पतालहरुले बताइरहेका छन्। कोभिड बिरामीको चाप अस्पतालहरुमा थेगी नसक्नु छ ।

 

 उता अक्सिजनको अभाव पनि त्यत्तिकै छ । विरामीको उपचारमा खटिनु पर्ने विज्ञ वा चिकित्सक अक्सिजनको ब्यवस्थापनमा खटिनु पर्ने अवस्था छ ।

 

विज्ञहरूका अनुसार कोरोना लाग्ने बित्तिकै आइसीयू चाहिदैन तर फोक्सोमा समस्या आई अक्सिजनको कमी सुरु हुन सक्छ त्यो बेला बिरामीले तत्काल उपचार पाउन सके जटिल अवस्थालाई रोक्न सकिन्छ।

 

संक्रमित व्यक्तिको घरमै समय समयमा पल्स अक्सिमिटरको सहायताले अक्सिजन मात्रा नापिरहनु पर्छ। शरीरमा अक्सिजनको मात्रा कम देखिए विशेषगरी दुई कुरामा जोड दिनुपर्छ। अक्सिजनको मात्रा ९२ या यो भन्दा कम भए बिरामीलाई चिकित्सकसँग सल्लाह लिइ डेक्सामिथासोन औषधि दिनको खाना वा खाजापछि ६ एमजीको ट्यावलेट खान सकिन्छ वा सुइ पनि दिन सकिन्छ । कोभिड भाइरसले लाग्ने रोग हो तर हामीले आफूखुसी ब्याक्टेरियल रोगका लागि खाने औषधि खाइरेका छौँ।

 

 

 यसले तत्काल र दीर्घकालिन रुपमा असरहरु गर्छ। यो निकै डरलाग्दो विषय हो। त्यसैले चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ । अक्सिजनको व्यवस्था गर्न सकिन्छ भने घरमै अक्सिजन प्रयोग गर्ने र शरीरमा अक्सिजनको कमी भए घोप्टो परेर सुत्नुपर्छ ।

 

 

पेटमा २ वटा सिरानीटाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुतेमा यसले फोक्सोको क्षमता बढाउछ भन्ने विज्ञहरूको भनार्इ छ । यी दुई उपचार घरमै बसेर पनि गर्न सकिने उपायहरू चिकित्सकहरूले बताउदै आएका छन् ।

 

 कोरोना लागेपछि भिटामिन सी २ पटकजिंक २ पटकभिटामिन डी हप्ताको १ पटक खानु पर्छ । आबश्यकता अनुसार पारासिटामोलकफ सिरप र ट्याब्लेट खान पनि सकिन्छ। यसमा सवै भन्दा ठूलो उपचार त आत्मबल नै हो ।

 

नेपाल सरकारले हालसम्म ठेक्का नलागेका र सम्झौता नभएका विकास योजनामा छुट्टिएको पूँजिगत बजेटलाइ कोरोना महामारी नियन्त्रण र उपचारमा खर्च गर्न सक्ने नीतिगत निर्णय गरेमा स्थानीय तह, प्रदेश सरकारले अस्पताल शैया, उपचार र परीक्षण गर्न, स्क्रिनिङ लगायतका कार्यमा बजेट खर्च गरी महामारी नियन्त्रण र मानवको जीवनरक्षा गर्न सकिन्छ ।

 

तातो तातो घरको खानासँग दुधगेडागुडीअण्डासुप, प्रोटिनयुक्त खाना, तातो पानीमा हल्का मह राखेर खाने, उमालेको मनतातो पानीमा कागती राखेर खान पनि सकिन्छ, ज्वानो पानी, वेसार पानी, अदुवा, तुलसीगुर्जोजेठिमधु, तातो पानी आदि प्रशस्त मात्रामा  खाने र समय समयमा पानीको बाफ लिंदा आराम हुन्छ।

 

उच्च मनोवल बनाउने गर्नु पर्दछ । नआत्तिने र आत्मबल बढाउन सकेमा केभिड१९ भएका प्रायः व्यक्ति पूर्ण रूपले आफै निको हुन सकिन्छ । उदाहरणका लागि बाघ भन्दा हरिणको गति तीव्र हुन्छ, बाघले हरिणलाइ लखेट्छ तर हरिणले बाघ भन्दा म कमजोर छु भन्ने ठानेर चिन्ता, डर र त्रासले गर्दा अघिपछि हेर्दैमा समय खर्चेर कमजोर हुदै जान्छ अनि बाघले हरिणलाइ भेटाएर मारेर खान्छ।

 

 नआत्तिने र आत्मबल बलियो बढाउन नसक्ने हो भने बिरामी मात्र होइन, स्वास्थ्यकर्मीहरूले पनि उपचार गर्न अप्ठेरो हुनसक्छ । सबैभन्दा ठूलो सकारात्मक सोच र बलियो आत्मबल नै हो ।

 

अहिले संक्रमण दर अत्यन्त बढिरहेको र मृत्युदर पनि बढिरहेको अवस्था छ । पहिलो, अस्पतालमा कोभिडका संक्रमितले भरिंदै जानु, अहिलेको सिकिस्त बिरामीको चापलाइ अस्पतालले थेग्न नसक्ने भैरहेको छ ।  अक्सिजन दिनुपर्ने खालका जटिल प्रकृतिका बिरामीलाइ अक्सिजनको अभावका कारण उपचार गर्न कठिन भै रहेको छ ।

 

 बिरामीले अस्पतालको बेड नपाएर खोज्दा खोज्दै एम्बुलेन्स मै बिरामीको मृत्यु भएको छ । बिरामीलाइ महङ्गो खर्चमा हेलिकप्टर चार्टर गरेर आइसीयू र भेन्टिलेटरको खोजीमा काठमाडौं लैजाने गरिरहेका छन् । अक्सिजनको अभाव कृत्रिम हो वा वास्तविक हो बुझ्न सकिएको छैन ।

 

 नियमनकारी निकायबाट अनुसन्धान भैरहेको होला। मेरो विचारमा अक्सिजन सम्बन्धि गम्भिर रूपमा अनुसन्धान हुन जरूरी छ ।

 

अहिले कोरोना संक्रमण नियन्त्रणका लागि थुप्रै समस्या र चुनौतीहरू छन्। स्थानीय तहमा कोरोना महामारीका लागि भनेर खासै धेरै बजेट छुट्टयाएका छैनन् । पूँजिगत बजेटलाइ चालूखर्चमा रकमान्तर गर्न मिल्दैन। कोरोना महामारीका लागि भनेर प्रदेश सरकारसँग पनि सीमित मात्रामा बजेट छ । संङ्घीय सरकारसँग भएको बजेटले स्वास्थ्य उपकरणऔषधि खरिद, संरचना निर्माणलाइ खर्च ब्यवस्थापन गर्न अप्ठेरो छ । तर अहिले जसरी भएपनि यो महामारी नियन्त्रण गर्न र मानवको जीवनरक्षा गर्नु जरूरी छ । निःशुल्क स्वास्थ्य परीक्षण गर्नु पर्नेबिरामीहरूको लागि प्रयाप्त मात्रामा अस्पताल शैयाको ब्यवस्थापन र उपचार गर्नु पर्ने, असहायगरीव र निमुखालाइ जीवन निर्वाह गर्न राहतको ब्यवस्थापन गर्नु पर्ने जस्ता टड्कारा समस्या र चुनौतीहरू हाम्रो सामु खडा भएका छन् । संक्रमण नियन्त्रण र बिरामीको उपचारका लागि राजनीतिक दलजनप्रतिनिधिकर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजउद्धोगीब्यापारीसमाजसेवीसञ्चारकर्मी, पत्रकार, संघ संस्था, बैंक, वित्तिय संस्था, बीमा कम्पनी लगायतका सवैले एकजुट भएर लाग्नु पर्ने जरूरी छ । बजेट हामी कहाँ कमी छैन ।

 

नेपाल सरकारले हालसम्म ठेक्का नलागेका र सम्झौता नभएका विकास योजनामा छुट्टिएको पूँजिगत बजेटलाइ कोरोना महामारी नियन्त्रण र उपचारमा खर्च गर्न सक्ने नीतिगत निर्णय गरेमा स्थानीय तह, प्रदेश सरकारले अस्पताल शैया, उपचार र परीक्षण गर्न, स्क्रिनिङ लगायतका कार्यमा बजेट खर्च गरी महामारी नियन्त्रण र मानवको जीवनरक्षा गर्न सकिन्छ । यसै गरि अक्सिजनको अभाव हुन नदिन सरकारले नयाँ ल्पान्टको स्थापना गर्ने, अक्सिजनको चोरी निकासी र कालो बजारीलाइ निर्मूल गर्न अधिकार सहितको विशेष टोली गठन गरी परिचालन गर्ने, अक्सिजन ल्पान्टहरूमा डेडिकेटेट विद्धुत लाइनको ब्यवस्था गर्ने र ल्पान्टमा काम गर्ने कामदारहरूलाइ उत्साहित, उत्प्रेरित गर्ने किसिमका स्किम वा प्याकेजको ब्यवस्था गर्ने, हाललाइ अस्पताल, कोरोना उपचार केन्द्र जस्ता अत्यावश्यक क्षेत्रमा मात्र अक्सिजन उपलब्ध गराउने ब्यवस्था मिलाउने, अवकाश प्राप्त चिकित्सक, पारामेडिक्सहरूलाइ कम्तिमा एक बर्षका लागि करारमा लिने, अध्ययन सकेका तर इन्टनसिप गर्न बाकी रहेका मेडिकल विद्धार्थीहरूलाइ समेत विशेष ग्राह्यताका साथ उपचारमा समावेश गर्ने व्यवस्था गर्ने, हरेक पालिकामा कम्तिमा जनशक्ति सहित १० शैयाको अक्सिजन समेतको आइसोलेसन, चारवटा एचडि मोनिटर शैया, दुइवटा सम्म आइसीयू र एउटा सम्म भेन्टिलेटर समेतको अस्पताल ब्यवस्था गर्न जरूरी छ । हाल सञ्चालनमा रहेका सरकारी, नीजि, सामुदायिक अस्पताल र मेडिकल कलेजहरूका ८० प्रतिशत शैया अनिवार्य रूपमा कोरोना संक्रमितको उपचार गर्न नेपाल सरकारले नीतिगत र संस्थागत ब्यवस्था गर्न जरूरी छ । यसो भएमा कोरोना संक्रमणको भयावह स्थितिको सामना गर्न सजिलो हुने र मानवीय क्षति कम गर्न सकिनेमा विश्वास गर्न सकिन्छ।

 

अहिले विकासका अन्य पूर्वाधार एक बर्ष नबन्दा खासै फरक पर्दैन । तर  यहाँ तुरून्त जनताको जीवन रक्षा गर्नु जरूरी छ । हाल उपलब्ध संघ संस्थाका भवन, सभाहल, निजि क्षेत्रका भवन, पार्टी प्यालेस लगायतका संरचनामा नेपाल सरकारले करछुट गरेर भए पनि तत्कालका लागि अक्सिजन सहितको आइसोलेसन सञ्चालन गरी मानवको जीवन रक्षा गर्न लाग्नु पर्दछ । सवै एक जुट भै कोरोना महामारीलाइ परास्त गर्नु जरूरी छ । जीवन रहे धन, सम्पत्ति, नातागोता, इष्टमित्र, भाइभतिजा, राजनीति, सत्ता, विकास, शिक्षा, कृषि, आफन्त सवै हुन्छ । यसैले कोरोनाको महामारीमा सवै एकजुट भइ संक्रमण फैलिन नदिइ  जसले जे सहयोग गर्न सकिन्छ सहयोग गर्न र कोरोना महामारीलार्इ परास्त गर्न सवैलाइ हार्दिक अपिल गर्दछु । महामारीमा कोहि पनि नआत्तिकन सकारात्मक सोच र बलियो आत्मबल बनाएमा घरबाटै परास्त गर्न सकिनेमा विश्वास गर्न सकिन्छ ।

Link To PalikaKhavarNews

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई