कम्मर किन दुख्छ र समाधानको उपाए ।

टेकराज पन्थी ।

 

धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुटकारा पाउन सकिन्छ ।
किन दुख्छ कम्मर ?
– मांसपेशिहरुमा अत्यधिक तनाव ।
– अत्यधिक तौल
– गलत तरिकाले बस्नु
– सधैंजसो अग्लो हिल भएको जुत्ता लगाउनु
– गलत तरिकाले अत्यधिक गह्रुँगो तौल उठाउनु
– लामो समयसम्म बिरामी हुनु
– अत्यधिक नरम डसनामा सुत्दा
कम्मर दुखाई बाट बच्ने घरेलु उपायः
– ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो हाल्नुहोस् र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र बिस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ ।
– धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् ।
– नरिवलको तेल तताउनुहोस् र त्यसमा लसुनको तीनचार पोटी हल्का रातो नहुञ्जेलसम्म फुराउनुहोस् । यो तेल मनतातो भएपछि कम्मरमा मालिश गर्नुहोस् । दुखाई कम हुन्छ ।
– नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो ।
– नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।
– योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ । कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा नै गर्न आवश्यक छ ।
– क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् ।
– कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ ।
– कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ । साइकल चलाउँदा कम्मर सिधा राख्नुपर्छ । व्यायाम गर्दा मांसपेशीले ताकत पाउँछन् भने यसले तौललाई पनि बढ्न दिँदैन ।
– अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस् ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई