श्रीकृष्ण जन्माष्टमी पर्व र धार्मिक महत्व

भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा आज कै दिनमा भएको शास्त्रमा वर्णित गरिएको छ । देवकी तथा वासुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म भाद्रकृष्ण अष्टमी तिथिमा भएकोले उक्त दिनलाई जन्माष्टमी भनिएको र श्रीकृष्णको जन्म १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए भन्ने किंमदन्ति रहेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भाद्रकृष्ण अष्टमीका दिन देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

भगवान विष्णुको आठौं अवतारको रूपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

भगवान्को श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज मनाइँदैछ । श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मानिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीताका रुपमा प्रचलित भएको छ ।“

विशेष गरी महिलाहरू व्रत अर्थात् उपवास बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीति रिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकोले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न यस पर्वले मद्दत पु¥याउने छ ।

आजको दिनमा कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए र मानवलाई सकारात्मक सोचका लागि थप उर्जा प्रदान गरेका थिए भन्ने शास्त्रमा उल्लेख गरिएको छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका बाणिबाट निस्केको पवित्र ग्रन्थलाई श्रीमद्भागवत गीता भनिन्छ । यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । आज विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा भगवान् श्रीकृष्णको धर्तीमा आउने र धर्मको उत्थान गर्ने भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यसलाई मनन गरि कृष्णाष्टमी पर्व मनाउँदै आइएको छ । साथै भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै पूजा–आराधना गर्ने प्रचलन रहेको पाईन्छ ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावन स्थित मित्र नन्दका घरमा पु¥याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । यसरी आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्व रहेको शास्त्रमा वर्णित छ ।

पौराणिक कथनअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको बताइएको छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भागवत गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृतसंघको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

यो पर्व अन्य जातजातिका अलवा तराई–मधेशमा बस्ने थारू समुदायले पनि भव्यरूपमा मनाउने प्रचलन छ । थारू समुदायमा महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टमी पर्वका अवसरमा थारू महिलाहरू घरका सदस्यहरू सँगै बसेर सामूहिक रुपमा दर खाने गर्छन् । त्यही दरको आडमा किशोरी तथा महिलाहरू दिनभर निराहार व्रत बस्छन् । किशोरीहरू योग्य वर पाउने कामनासहित व्रत बस्छन् भने विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायु र सुश्वास्थ्यको लागि व्रत बस्ने गर्छन् ।

कृष्णको जन्मोत्सवमा विशेष पूजा आराधना तिनै कृष्ण (कान्हा) को गर्ने गरिन्छ । बेलुकीपख सामूहिक रूपमा गाउँको अगुवा महटावाँको घरमा गएर बर्तालुहरूले पालैपालो श्रीकृष्णको पूजा आराधना गर्छन् । घरको कूल देवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल, सालको पातमा सिन्दुर (सेन्डुर), माटोको पालामा बत्ती बालेर राखिन्छ । यसरी जाँदा उनीहरूको टाउकोमा बत्तीको उज्यालोमा थारु महिला र गोपिनीहरूको अनुहार राधाको प्रतीकको रूपमा हेर्ने गरिन्छ । अष्टिम्की पूजा गर्न जाँदा सबभन्दा पहिले घरमूलीले सुरूमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः लाइनबद्ध तरिकाले उठाउने गरिन्छ ।

पूजा गर्ने स्थान पुगेपछि पनि घरमूलीदेखि नै सुरू हुन्छ । घरमूलीले पूजा नगर्दासम्म कसैले पूजा गर्न पाउँदैन । यसरी कृष्ण (कान्हा) को पूजा गर्ने बेला थारु समुदायका महिलाहरूले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन् । गीत गाउँदै पूजा गर्ने र पूजा गरिसकेपछि पुनः सबै दिदीबहिनीहरू आ–आफ्नो घरमा गई थारुहरूको परम्पराअनुसार विशेषगरी कृष्णलाई मन पर्ने परिकार दही, केरा, काँक्रा, अम्बा लगायतका फलफूलले कृष्णलाई पूजा गर्ने गर्दछन् । साँझ घर फर्किएर घरमा तयार पारिएको मिठामिठा परिकार पहिले आफ्ना दाजुभाइका लागि आफ्नो भागबाट छुट्याएर राख्छन् । थारुहरूले हरेक पर्वमा पुज्ने अग्नि देवताको लागि पनि भाग छुट्याइन्छ । परिवारका सबै सदस्यसँगै बसेर रमाइलो गर्दै एक अर्कामा माया र सद्भाव साटासाट गर्दै खाने र रमाउने चलन छ ।

पूजा समापनपछि विशेष परिकारका साथ रमाइलो गरी एक आपसमा बाँडीचुँडी खानपिन गर्ने चलन थारु समुदायमा छ । रातभरि कृष्णको अगाडि बालिएको बत्ती निभ्यो भने मागेको मनोकांक्षा पूरा नहुने विश्वास थारु समुदायमा छ । त्यसैले बत्ती निभ्न नपाओस् भन्दै रातभरि जाग्राम बसेर कृष्णको सम्झनामा गीत गाउने गरिन्छ ।

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्रीकृष्णको व्याख्या गरिँदा उनको छेउछाउ जीवजन्तु, चराचरहरूको पनि नामका कारण जीवजन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ । श्रीमद्भागवत् गीताका अनुसार भगवान् श्रीकृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ती कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिति हामी सामान्य मानवहरुको लागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो मायाप्रेम दर्शाउन र उनीहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

जुनसुकै धर्म या समुदायको भएपनि कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्रीकृष्णलाई लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, युद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ । संगीत, स्नेह, सकारात्मक विचारको सुरुवात श्रीकृष्णबाट भएको महसुस गर्न सकिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । धर्ममा भगवान् कृष्णका महिमा ठूलो रहेको चर्चा गरिएको छ । जसअनुसार कृष्ण जम्माष्टमीमा उपवास बस्नाले वा भगवान् श्रीकृष्णको भक्ति गर्नाले जीवनमा सुख प्राप्त हुने, सकारात्मक सोचको विकास हुने, कार्यसफल हुने, राम्रा कामहरु बढ्ने जस्ता विषय उल्लेख गरिएको छ ।

नेपाल सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । तर कोरोना भाइरसको महामारी अझैपनि तीव्रगतिमा फैलिरहेकोले भगवान् श्रीकृष्णको पुजाआजा तथा झाँकीसहित जात्रा भव्यरुपमा मनाउन अप्ठ्यारो परेको छ । यस श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आदरणीय दाजुभाइ, दिदीबहिनीलगायत सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं आपसी प्रेम, करुणा र मैत्रीभावनाका लागि शक्ति मिलोस् भन्दै हार्दिक सबैमा शुभकामना छ !

No description available.

No description available.

No description available.

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई