तीजको महत्व, अवस्था र शुभकामना

तीजको महत्व, अवस्था र शुभकामना

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । भाद्र द्वीतियाका दिन दर खाने र अर्को दिन तीजको व्रत बस्ने प्रचलन छ । भाद्र चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग (दतिवन) लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यपअत्रिभारद्वाजविश्वामित्रगौतमजमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी खाने प्रचलन रहेको छ । तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

 

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन दिएका र पार्वतीले मनैदेखि भगवान शिवलाई वरण गरेकी उनका पिता हिमालयले छोरीको विवाह विष्णुजीसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर शिवजीलार्इ पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले विभिन्न किसिमको कठोर तपस्या गरेको लामो अवधि भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा भाद्रपद शुक्लको तृतीया तिथिअनि त्यस दिन हस्ता नक्षत्रका दिन उनले वालुवाको शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बस्न थालिन। बालुवाको शिवलिङ्ग निर्माण रातभरि शिवजीका स्तुतिमा गीत गाउँदै जागरण बसिन । यो कठोर तपस्याको प्रभावले शिवजीको आसन हल्लिन पुग्यो र यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई तथास्तु अर्थात 'मनले चिताएको कुरा पुरा होसभनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ । हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छउसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ भन्ने यसबाट स्पष्ट बुझिन्छ । यसरी यस्तो सफल कार्य भएको त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथि देखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ। भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् त्यो दिन पनि यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।

 

यो चाडमा माइतीले छोरी,चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन छ।

 

तीज र ऋषिपञ्चमी दुवैलार्इ तीज पर्वकै रूपमा मानिन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान उठी नुहाई धुवाई गरेर दिनभरि जलअन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन्। बेलुकीपख पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ। निर्जला ब्रत भनिए पनि आजभोलि महिलाहरू मध्यान्ह मै पूजाआराधना पश्चात् फलफूल ग्रहण गरेको पार्इएको छ । यस दिन नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

 

हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घरमाता,पिताभाइबहिनीइष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छनयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारीतनावसाथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण,ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको ब्रत अन्य ब्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बसी महादेवको पुजा आराधना गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

 

भाद्र शुक्ल तृतीयामा पार्वतीले शिवको आराधना गरी जुन ब्रत बसी त्यसैको परिणामस्वरूप शिवपार्वतीको विवाह सम्भव भएको हो । यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ । जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछत्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ । यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ ।

संक्षेपमा भन्दा पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसंग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा)बिकट स्थानमा पुराएर त्यही गौरी (पार्वती ) ले कठोर तपस्या गरिन र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याई दिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको पाईन्छ ।सखीहरू (आलीका)बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ ।

भगवान शिवले पार्वतीजीलाई भन्नु भयोः- यस ब्रतलाई विधि विधानपूर्वक जसले लिन्छत्यसले तिम्रोजस्तै सुयोग्य र अचल पति प्राप्त गर्दछ भनेर बताउनु भएको किंमदन्ती छ । यसरी तीजको समयमा महिलाहरूले तीजको ब्रतगर्ने, कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने, नाचगान गरि रमाइलो गर्ने चलन रहेको छ ।

 

ऋषिपञ्चमीः धर्मशास्त्र अनुसार रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनुमाटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नुचाल्नीमा गनिएका तिल,चामल र जौ राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यपअत्रिभारद्वाजविश्वामित्रगौतमजमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ ।  सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटाका हिसावले एक बर्षसम्मका मानेर टोकेर पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाका समयमा भएका पापबाट मोक्ष भइने पनि विश्वाश छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ ।

 

ब्रतले निष्टा, कर्तब्य र इतिहासको पहिचान समेत दिलाउछ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई ब्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका, रातो कपडारातो चुरापोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।

 

तीज बर्तको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । तीज पर्वले नारी शशक्तीकरण गराउने अभियानका रूपमा पनि लिने गरिन्छ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो ।

 

सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्ष देखि यो चाड मनाईदै आएको छ। स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यबहारिक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह / शान्ति पूर्ण आन्दोलन ) गरेर आफु अनुकूल वर छानी ब्यबहारिक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ। हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ।

 

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ। श्रद्धापूर्बक श्रद्धालुहरू ब्रत बस्ने। शिव पार्वतीको आराधना एवं पूजा गर्ने। शिव पार्वतीका मठ मन्दिरहरूमा दर्शनपूजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्नेसप्तऋषिका पूजा गर्ने गरिन्छ। यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ। हाम्रो वैदिक षड-दर्शनले स्त्रीलाई प्रकृती मानेको छ। यसर्थ तीजको सम्बन्ध प्रकृती तत्वसंग छ। एक प्रकारले प्रकृतीको सम्मानमहत्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ।तात्विक रूपमा प्रकृती र पुरूष तत्वको मिलनको चाड हो। प्रकृती आत्मा र परमात्मा को संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका /मानेका छन् । समस्त जड तत्वको समुचित उपयोगउपादेयता, ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाईन्छ । 

 

समय परिबर्तनशील र गतीशील छ। समयको परिबर्तनशीलता र गतिशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । समयको गतिसंगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिंदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् । तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुंदै आएको छ र समय अनुकूल मूलभूत यथार्थमूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ । हिजो माईती घर,ब्रत,पूजापंधेरो,चौंतारो अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज शहर, बजार, बस्ती, ब्यवसाय, बिद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुंदै ब्यापकता लिएको छ। हिंजो डम्फू, मादल, थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । नारीहरू अहिले पुरूषहरू भन्दा धेरै शशक्त भएको अवस्था छ । पार्वतीले तपस्या गरेर शिवजीलार्इ पतिका रूपमा प्राप्त गरेको अवस्था अहिलेको समाजमा खासै छैन । तर मन, बचन, कर्मले मात्र असल कार्यको सफलता प्राप्त हुन्छ भन्ने हरितालिका पर्वको महत्व रहेको स्वीकार्न सकिन्छ । इतिहास हाम्रो गहना भएकोले यसको संरक्षण र महिमाको गरिमा जोगाउनु सवैको कर्तब्य हो ।

तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुखसमृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर निहित छ ।

 

तीजमा महिलाहरूले निर्जलनिराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायुसुस्वास्थ्यप्रगति हुने मान्यता छ ।

 

माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदु:खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । जसले गर्दा नारीको क्षमता विकासमा उर्जा थप्ने महत्वपूर्ण समय पनि मानिएको छ ।

मानिस जति आधुनिक, सभ्य भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । परिवारसाथीभाइ जमघटघुमघामनाचगान यो पर्वको अर्को विशेषता बन्दैछ । तीजमा गीतसंगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेदपीडासासूबुहारीको कचकचदु:खईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् । घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर नाचगान गर्दछन् । टोलटोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैनसंस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको देख्न सकिन्छ । यद्यपि तीजको संस्कृति सवै जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु सकारात्मक पक्ष हो ।

 

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।


रातो पहिरनछड्के तिलहरीयार्लिङ्गवुलाकीअसर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहोलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझनाआजको दिन रातो रङ्गको दिनपवित्रताको दिनसङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखनपाउजुको छमछम आउँदछ । समस्त नारी जाति यस धर्ती र सृष्टिका लागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूका लागि व्रत बस्ने दिनअविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिनआजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन हो । साथै आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छमाइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

यस वर्ष कोरोना भार्इरसको महामारीबाट समाजमा संक्रमण नफैलियोस भनेर देशका विभिन्न जिल्ला, स्थानीय तहमा निषेधाज्ञा, लकडाउन जारी गरेको छ । अहिले सवै सुरक्षित भै घर घरमा तीज मनाउनु पर्ने अवस्था श्रृजना भएको छ । यस अवस्थाको सवैले पालना गर्नु ब्यक्ति, समाज, देशलार्इ संकमणबाट जोगाउनु हो । जीवन रहे सवै कार्य गर्न सकिन्छ, खानपीन र नाचगानलार्इ घरपरिवारमा सीमित गरी तीज पर्व मनाउ। तीज पर्वको यस अवसरमा सम्पूर्ण दिदी बहिनी सवैमा स्वस्थ्य, निरोगी, दीर्घायू बनाउन शक्ति प्रदान गरोस भन्ने सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना छ ।

May be an image of 4 people

 (लेखकः सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ)

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई