“हार्दिक शुभकामना” श्रीकृष्ण जन्माष्टमी पर्वको


भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा आज कै दिनमा भएको शास्त्रमा वर्णित गरिएको छ । यस श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आदरणीय दाजुभाइ,दिदीबहिनी मा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं आपसी प्रेम, करुणा र मैत्रीभावनाका लागि शक्ति मिलाेस हार्दिक शुभकामना छ।

विविध धर्म, संस्कृति, परम्परा तथा रीति रिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकोले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न यश पर्वले मद्दत पुर्‍याउने छ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आजै कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। मानवलाई सकारात्मक साेचकाेप लागि थप उर्जा प्रदान गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका बाणिबाट निस्केको पवित्र ग्रन्थलाई श्रीमद्भागवत गीता भनिन्छ। यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको भनिएकाे छ ।

बाल्यकाल देखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ।आज विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा भगवान श्रीकृष्णको धर्तीमा आउने र धर्मको उत्थान गर्ने भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएकाे छ ।यसलाई मनन गरि कृष्णाष्टमी पर्व मनाउदै आईएकाे छ ।

साथै भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै पूजा– आराधना गर्ने प्रचलन रहेकाे छ ।

यसरीआश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्त्व रहेको शास्त्रमा वर्णित छ ।

यस बर्ष काेराेना भाईरसकाे महामारीले गर्दा भगवान श्रीकृष्णकाे पुजाआजा तथा झाँकी सहित जात्रा भब्यरुपमा मनाउन अप्ठ्यारो परेकाे छ । भगवान श्रीकृष्णकाे शक्तिले नेपालमा महामारी, प्रकाेप र विपत्तिकाे अन्त्यहाेस भन्ने कामना सहित पुनः श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आदरणीय दाजुभाइ,दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं आपसी प्रेम, करुणा र मैत्रीभावनाका लागि शक्ति मिलाेस हार्दिक शुभकामना छ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

Comments